Logo कार्तिक ६, २०७७ बिहीबार


नेपाली महिलाद्वारा अस्ट्रियामा ३ सन्तानको हत्या

काठमाडौं । अस्ट्रियामा बसोबास गर्ने एक नेपाली महिलाले तीन जना छोराछोरीका हत्या गरेकी छन् । अस्ट्रियाको भियनामा बस्ने नेपाली महिलाले शनिबार बिहान आफ्ना तीन सन्तानको हत्या गरेकी हुन् ।

उनले ८ महिने छोरा, ३ वर्ष र ९ वर्षका दुई छोरीको हत्या गरेका अस्ट्रियाका सञ्चारमाध्यमले जनाएका छन् । हत्या गरेर प्रहरीमा आफैँले खबर गरेकी ती महिलाकी जेठी छोरीलाई प्रहरीले गम्भीर अवस्थामा फेला पारेपनि उनको मृत्यु भएको बताइएको छ ।

पतीसँग केही समयअघि देखि अलग रहेकी ती महिलाको गुल्मी जिल्लाको भएको पाइएको छ । ती महिलाले छोराछोरीको हत्या गरी आफूलाई पनि चक्कु प्रहार गरेकी थिइन् । प्रहरी समयमै पुगेकाले उनलाई उद्धार गर्न सकिएको बताइएको छ । महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।

समुद्रमा छाल आएका बेला चराहरु एकैसाथ आकाशमा उड्ने हुँदा यो दृश्य देखिने पर्यटक बताउँछन् ।