Logo कार्तिक १४, २०७७ शुक्रबार


नेकपा हुम्लाको नयाँ पार्टी कार्यालय उद्घाटन

हुम्ला । जिल्लाको सिमकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो नयाँ पार्टी कार्यालय स्थापना गरेको छ । पार्टीको कार्यालय सांसद छकबहादुर लामाले उपलब्ध गराउनुभएको हो ।

शनिबार आयोजित कार्यक्रममा सांसद लामाले कार्यालयलाई पाठशालाका रुप दिनुका साथै संख्यात्मक भन्दा गुणात्मक क्षमता बढाउनुउँदै, कुनै गुटउपगुटमा नलागी विकासलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज विजय भण्डारीले गडगडाउने खोला सफा हुने र पोखरी धमिलो हुने बताउँदै जीवित पार्टीमा विवाद स्वाभाविक भएको विचार राख्नुभयो ।

त्यसैगरी, नेकपाका जिल्ला अध्यक्ष लालकेश जैसीले संघीयता, गणतन्त्र र राज्य पुनःस्थापनाका निम्ति हुम्लाबाट बलिदान दिएका १ सय ११ जनाको अधुरा सपना पूरा गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

-प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।