मेलिना राई र शम्भु धितालको ‘पिरतीको भिसा’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । गायक शम्भु धितालको स्वरमा ‘पिरतीको भिसा’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । गायक शम्भुसँगै मेलिना राईको स्वर रहेको पिरतीको भिसा शनिबार सार्वजनिक भएको हो ।
गीतमा लोकप्रिय गायक तथा मोडल प्रकाश सपूत र अस्मिता ढकालको मुख्य अभिनय रहेको छ । साथमा कलाकार रमा थपलिया र स्वयम् गायक धिताललाई पनि भिडियोमा देख्न सकिन्छ । गीतको शब्द, संगीत र भिडियो निर्देशन पनि गायक धितालले नै गरेका हुन् ।
जातिय विभेदभित्रको प्रेमलाई भिडियोमा देखाउन खोजिएको छ । गीतको एरेन्जमेण्ट चर्चित एरेन्जर कृष्ण बिक(भान्जा)ले गरेका हुन् । भिडियोलाई करन चैसिरले खिचेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका हुन् ।
भिडियोः