Logo फाल्गुन २४, २०७७ सोमबार


भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७४ लाख ९४ हजार नाघेको छ । भारतमा आइतबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ७४ लाख ९४ हजार पाँच सय ५२ पुगेको हो ।

कोरोना सङ्क्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार ३१ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा गत २४ घण्टामा ६१ हजार आठ सय ७१ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण एक हजार ३३ जनाको मृत्यु यहाँको परिवार तथा स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ ।

अझै पनि भारतभरी सात लाख ८३ हजार तीन सय ११ व्यक्ति सक्रिय सङ्क्रमित रहेका छन् । यहाँ हालसम्म ६५ लाख ९७ हजार दुई सय १० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ । यसअघि नौ, दश लाख सङ्क्रमितहरु रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या अहिलेसम्मकै कम हो । कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा शनिबारसम्म ९ करोड ४२ लाख २४ हजार एक सय ९० व्यक्तिको पीसीआर परीक्षण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पितृसत्ताको जाँतोमा लामो समयसम्म महिलाहरु थिचिएकै कारण उनीहरुलाई बाहिर आउन निकै लामो सघर्ष गर्नुपरेको यथार्थ हामी सामू छदैछ ।

काठमाडौं । नक्सालमा भीषण आगलागी भएको छ । नारायण चौर नजिक रहेको फुट ट्र रेष्टुरेन्टमा आगलागी भएको हो। आगलागी नियन्त्रणका…

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरे फैसलापछि सो समूहले आकस्मिक स्थायी समिति बैठक बोलाएको…

उपराष्ट्रपति पुनले राज्यको हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यस उपलब्धी प्रति गर्व गर्दै बाँकी उपलब्धीहरुका लागि सचेत रहन…

नेकपा स्रोतका अनुसार आज अपरान्ह तीन बजे पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठकबाट पुनरावलोकनमा जानेबारे औपचारिक निर्णय गर्नेछ।

हिउँदमा पनि नदीमा पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बाँध निर्माण भइरहे पनि पूरा हुन सकेको छैन ।