शिक्षकको हत्या अभियोगमा एकजना पक्राउ

भगीरथ भण्डारी
इलाम । माई नगरपालिका–१ का ४६ वर्षीयशिक्षक पुष्पलाल राईको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । माई–१ का ४५ वर्षीय पदम बहादुर राईलाई पक्राउ परेका हुन् ।
प्रहरी कार्यलय इलामका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार मृतक राई पदम बहादुरको घर आगनमा मृत अवस्थामा रहेको भन्ने सुचना पाएपश्चात प्रहरीले अनुसन्धान थालेको थियो । घट्नास्थलको प्रकृति हेर्दा धारिलो हतियारद्वारा घाटीको पछाडिको भाग काटिएको देखिएको प्रहरीले जनाएको ।
अनुसन्धानमा सहयोगका लागि तत्काल संघिय प्रहरी इकाइ कार्यालय धरान सुनसरीबाट घट्नास्थलमा ‘लैला’ नामको ट्रयाकर (कुकुर) झिकाइएको सुवेधिले जानकारी दिनुभयो । घट्नामा प्रयोग गरेको खुकुरी पनि फेला पारेको छ । पदम बहादुरले आफैँले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । जिल्ला अदालत इलामबाट हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरेहकोमा बताइएको छ ।