Logo फाल्गुन २४, २०७७ सोमबार


भक्तपुरमा सरकारी कार्यालयका सबै सेवा बन्द

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण दर अत्यधिक बढिरहेकाले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक भई सेवाग्राहीमा समेत फैलन सक्ने अवस्था भएको उहाँले उल्लेख गर्नुभयो ।

गत असोज २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाको कुनै पनि भागमा कुनै पनि सेवा रोक लगाउन सक्ने निर्णय गरेको थियो ।

कारोना संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय लगायतसितको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा सेवा प्रवाह बन्द गरिएको हो । जिल्लाका नगरपालिकाहरुले समेत अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।

चाँगुनारायण नगरपालिकाले कार्यालयका कर्मचारी र केही जनप्रतिनिधिमा संक्रमण बढेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिका कार्यालयले आगामी १५ गतेसम्मका लागि कार्यालय खाले पनि सीमित कर्मचारीले अत्यावश्यक सेवा मात्रै दिने गरी व्यवस्था गरेको छ ।

यस्तै, सूर्यविनायक नगरपालिकाले आफ्ना सबै कर्मचारीको स्वाब संकलन गरी कात्तिक २ देखि नगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको छ । नगरपालिकाले स्वाब दिएका सबै कर्मचारीलाई होम क्वारेन्टिनमा राखेको छ भने कात्तिक १२ गते पुनः कर्मचारीको पिसिआर परीक्षण गरी १५ गते रिपोर्ट आएपछि मात्रै १६ गतेदेखि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैगरी, मध्यपुरथिमि नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण भएपछि एक महिनादेखि अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्दै आएको छ । नगरपालिकाले दशैँ अगाडिसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पितृसत्ताको जाँतोमा लामो समयसम्म महिलाहरु थिचिएकै कारण उनीहरुलाई बाहिर आउन निकै लामो सघर्ष गर्नुपरेको यथार्थ हामी सामू छदैछ ।

काठमाडौं । नक्सालमा भीषण आगलागी भएको छ । नारायण चौर नजिक रहेको फुट ट्र रेष्टुरेन्टमा आगलागी भएको हो। आगलागी नियन्त्रणका…

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरे फैसलापछि सो समूहले आकस्मिक स्थायी समिति बैठक बोलाएको…

उपराष्ट्रपति पुनले राज्यको हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यस उपलब्धी प्रति गर्व गर्दै बाँकी उपलब्धीहरुका लागि सचेत रहन…

नेकपा स्रोतका अनुसार आज अपरान्ह तीन बजे पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठकबाट पुनरावलोकनमा जानेबारे औपचारिक निर्णय गर्नेछ।

हिउँदमा पनि नदीमा पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बाँध निर्माण भइरहे पनि पूरा हुन सकेको छैन ।