सार्वजनिक यातायातका यात्रुलाई फेस सिल्ड अनिवार्य

काठमाडौं । सार्वजनिक यातायातमा यात्र गर्ने यात्रुका लागि फेस सिल्ड अनिवार्य गरिएको छ ।
सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने नियम बनाएको हो ।
सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले बताउनुभयो ।
फेस सिल्डको व्यवस्थापन यात्रु आफैले गर्नुपर्ने उहाँले बताउनुभयो ।
संक्रमण जोखिम बढ्दै गएपछि फेस सिल्डको प्रयोग अनिवार्य गरिएको विभागले जनाएको छ । यसअघि भने सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कको मात्र प्रयोग गर्ने भनिएको थियो।
विभागले यो नियम यथाशिघ्र कार्यान्वयन गर्न सर्वसाधरणलाई अपिल गरेको छ। यस्तै ट्राफिक प्रहरी लगायत सबै निकायलाई जानकारी गराइसकिएको प्रवक्ता भुषालले बताउनुभयो ।