Logo कार्तिक १४, २०७७ शुक्रबार


गाईपालनबाट मासिक एक लाख आम्दानी

फाइल तस्बिर

विकास बन्जाडे
कपिलवस्तु  । भारतमा तीस वर्षसम्म रोजगारी गरेर बेखर्ची भई घर फर्केका कपिलवस्तुका एक किसानले भने गाईपालन व्यवसायबाट मासिक १ लाख बराबरको आम्दानी गरेका छन् ।

वाणगंगा नगरपालिका-८ बोडगाउँका किसान खुमानन्द पौडेल पछिल्लो समय गाईपालन व्यवसायबाट स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उदाहरण बन्नु भएको छ । विदेशमा राम्रो आम्दानी हुन नसकेपछि २०७० सालदेखि आफ्नै जग्गामा व्यावसायिक गाइपालनतर्फ लाग्नु भएका पौडेलको फर्ममा २४ ओटा गाई छन् ।

शुरुमा १३ वटा गाईबाट व्यवसाय शुरु गर्नुभएका पौडेलले ५ कट्ठा जमिनमा घाँसेखेती समेत गर्दै आएका छन् । सात लाखबाट व्यवसाय शुरु गर्नुभएकाे उहाँले अहिलेसम्म गाईपालनमा २० लाख बराबरको लगानी लागेको बताउँनुहुन्छ । दैनिक १ सयदेखि १ सय २५ लिटर दूध बेचेर उहाँले ३ जनालाइ रोजगारी दिएर पनि मासिक एक लाख आम्दानी हुने गरेको पौडेल बताउनुहुन्छ । सरकारबाट आफूजस्ता व्यावसायिक रुपमा गाइपालनमा लागेका किसानलाई सहुलियत दरमा ऋण, घाँस, विद्युत, पानी, बिउ लगायतको सुविधा नपाएको गुनासो उहाँकाे छ ।

गाईपालन मेहनतको पेशा भएकाले घरपरिवारको सहयोगमा मिलेर काम गर्न सकिने राम्रो व्यवसाय भएको उहाँकाे अनुभव छ । उक्त व्यवसायबाट बालबच्चाको शिक्षा, घरपरिवारको दैनिक खर्चका साथै बचत गर्न पनि सजिलो भएको पौडेलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

-प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।