Logo कार्तिक ६, २०७७ बिहीबार


कविता : तुलनात्मक सन्देश

-मधु घिमिरे

जस्तै कष्ट र पीडामा हुँदैन आतिनू कति
वृक्षको हेर जाडोमा झर्छन् पात भए जति।
सानो यो कमिलो हिँड्दै टाकुरो छुन पुग्दछ
लगातार गरे कार्य सफलता छ निश्चय।

सानो चीज भनी कैलै हेला नगर्नु बेस छ
सानो त्यो चक्षुको नानी विश्व देख्न सगाउँछ।
आफ्ना भाका र भाषाले सिकाउँछन् रमाउँन
नभमा काग खुल्ला छ सुगा पाएन उम्कन।

सारालाई खुसी पार्न कहिल्यै छैन सम्भव
दियालो मुनि थोरै नै सदैव अन्धकार छ।
जिन्दगी देखि हारेर कहिल्यै हुन्न उन्नति
जालोमा माकुरो पर्छ झर्छ यो कति हो कति।

(अनुष्टुप छन्द)

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।