Logo कार्तिक ६, २०७७ बिहीबार


कोरोना संक्रमितका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि निजी र सामुदायिक अस्पतालहरुलाई ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोराना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सबै निजी, सामुदायिक, सरकारी र मेडिकल कलेजहरुले ५० प्रतिशतभन्दा बढी शैया कोरोना संक्रमितको उपचारको लागि छुट्याउनुपर्ने बताउनुभयो ।

यसअघि, सरकारले निजी सहकारी र सामुदायिक अस्पतालहरुलाई २० प्रतिशत र मेडिकल कलेजलाई ३३ प्रतिशत शैया छुट्याउन निर्देशन दिएको थियो । संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयले यसअघिको निर्णय परिवर्तन गरी ५० प्रतिशत पु¥याएको हो ।

मन्त्रालयले कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुलाई दसैंका ३ दिनबाहेक नियमित सेवा सञ्चालन गर्न समेत निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमले दशैको नवमी, दशमी र एकादशीबाहेका अन्य दिन प्रयोगशालाहरुले नियमित कोरोना परीक्षण गनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।