Logo कार्तिक ६, २०७७ बिहीबार


कर्णाली प्रदेश विवाद सुल्झाउन नेकपा अध्यक्षद्वयलाई सकस

काठमाडौं । कर्णाली प्रदेश संसदीय दलमा देखिएको विवाद सुल्झाउन बसेको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको बैठकले लगातर निष्कर्ष विहीन बन्दै आएको छ ।

अघिल्लो आइतबार संसदीय दलका १८ जना सांसदहरूले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएपछि नेकपा कर्णाली प्रदेश तरङ्गित बन्न पुगेको छ । अध्यक्षद्वयले दुवै पक्षलाई बिहीबार छलफलका लागि काठमाडौं बोलाएको छ । तर, पनि अध्यक्षद्वयले अझै समाधान दिन सकेका छैनन् ।

यसअघि अध्यक्षद्वयले एक्लाएक्लै दुवै पक्षसँग कुराकानी गर्नुभए पछि विवाद सुल्झाउन आइतवार अध्यक्षद्वय ओली र दाहाल छलफलमा बस्नुभएको हो । तर छलफल निष्कर्षविहीवन बनेको छ ।

प्रधानमन्त्री ओलीले शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी सहइन्चार्ज यामलाल कँडेलसहित दुवै पक्षसँग छलफल गर्नुभएको थियो । छलफलमा उहाँले अध्यक्षद्वयले निकालेको निष्कर्ष मान्नुपर्ने शर्त राख्नुभएको थियो । अर्का अध्यक्ष दाहालले पनि बिहीबार र शुक्रबार दुवै पक्षलाई बोलाएर छलफल गर्नुभएको थियो । एक्लाएक्लै छलफलपछि अध्यक्षद्वयबीच आइतबार छलफल भएको हो ।

आइतवारको छलफलबाट कुनै निष्कर्ष ननिस्किए पनि छलफललाई जारी राख्न अध्यक्षद्वय सहमत भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।