Logo कार्तिक ६, २०७७ बिहीबार


एक करोड ७५ लाखको अवैध यार्सागुम्बासहित एक जना पक्राउ

दार्चुला । एक करोड ७५ लाख ५९ हजार मूल्य बराबरको अवैध यार्सागुम्बासहित एक व्यक्ति पक्राउ परेका छन् । हुम्ला नाम्खा गाउँपालिका–३ का ३५ वर्षीय दोकार लामालाई १७ किलो अवैध यार्सागुम्बासहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा लामाले बोकेको दुई वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा उक्त यार्सागुम्बा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

बरामद यार्सागुम्बासहित उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।