Logo बैशाख ६, २०७८ सोमबार


भारतबाट चल्ला माग भएपछि व्यवसायीलाई राहत

चितवन । यहाँ उत्पादित कुखुराका चल्ला भारतीय बजारमा माग भएपछि ह्याचरी व्यवसायीलाई राहत मिलेको छ । अवैधरुपमा भित्रिएका भारतीय चल्ला प्रहरी प्रशासनको सहयोगमा नष्ट गर्ने गरिएकामा अहिले नेपालका चल्ला भारतीय बजारले माग गरेपछि  पठाउन थालिएको हो ।

चल्लाको अभाव भएपछि सप्लायर्सले यहाँका चल्ला भारत पठाउन थालेका हुन् । नेपाल ह्याचरी उद्योग संघकाकेन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार सातामा २ लाख ५० हजार हाराहारीमा चल्ला भारत लान थालिएको छ ।

नेपालका ह्याचरीले अहिले एउटा चल्ला रु २५ देखि ३० मा बिक्री गर्ने गरेका छन् । ती चल्ला सप्लायर्समार्फत भारतमा पुग्दा भारु ५० सम्म पर्छ । पोख्रेलका अनुसार सातामा ३५ लाख ब्रोइलर चल्ला उत्पादन हुन्छ ।

मासुको मूल्य नपाएपछि साना कृषकले नोक्सानी व्यहोर्नु परेको छ । घाटा खानु परेपछि कृषक चल्ला राख्न उत्साहित छैनन् । उत्पादन धेरै तर खरिदकर्ता कम भएपछि चल्लाको मूल्य पाउन नसकिएको हो ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट कोभिड १९ का कारण भारतीय सीमा क्षेत्रमा प्यारेन्ट नपाएका कारण चल्ला उत्पादन नहुँदा अभाव भएको बताउनुभयो । विस्तारै यो समस्या नेपालमा पनि आउने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।