Logo बैशाख २, २०७८ बिहीबार


टाउको काटेर शिक्षकको हत्या: फ्रान्सभर जुलुस

काठमाडौं । टाउको काटेर हत्या गरिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरी जुलुस निकालिएको छ । हजारौँ मानिसले फ्रेन्स भाषमा ‘म शिक्षक हुँ’ लेखेको प्लेकार्ड बोकेर जुलुस निकालेका हुन् ।

उनीहरूले प्रधानमन्त्री जँ क्यास्टेस्कसँग ‘हामी फ्रान्स हौँ’ भनेर चिच्याउँदै चिच्याएका छन् । आफ्ना विद्यार्थीलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रबार एकजना चेचेन युवाले शिक्षकको शिरछेद गरेर हत्या गरेका थिए।प्यारिसमा मानिसहरूले फ्रेन्स भाषामा ‘म शिक्षक हुँ’ लेखिएका प्लेकार्ड बोकेका थिए।

घटनाक्रम
प्यारिस नजिक रहेको स्कूलछेवैमा स्यामुअल पटीको हत्या गरिएको थियो। त्यसलगत्तै हत्यामा संलग्न आरोपमा अब्दुल्लख ए नाम गरेका व्यक्तिको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो। घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ११औँ व्यक्ति पक्राउ परे पनि त्यसबारे कुनै जानकारी दिइएको छैन। घटनालगत्तै पक्राउ पर्नेमा ती सन्दिग्ध व्यक्तिका चारजना नजिकका आफन्त समेत छन्।शनिबार थप पक्राउ गरिएकामा एकजना विद्यार्थीका पिता र फ्रेन्च मिडियाले अतिवादी इस्लामवादी भनेर चिनाएका एकजना धर्मप्रचारक समेत छन्।

प्रतिक्रिया
राष्ट्रपति एमान्यूअल माँक्रोले यस घटनाले सबै ‘इस्लामिक आतंकवादी हमला’ को सीमाना पार गरेको र अभिव्यक्ति स्वतन्त्रता पढाएकै कारण ती शिक्षक मारिएको बताएका छन्। फ्रेन्च प्रधानमन्त्री जँ क्यास्टेक्सले देशभर ठूला जुलुसमा सहभागी मानिसलाई उनकै शब्दमा फ्रान्स नडराएको र आफूहरूलाई विभाजित पार्न नदिने बताएका छन्।

शुक्रबार के भएको थियो ?
प्रतिआतङ्कवाद अभियोजनर्ताहरूका अनुसार सन्दिग्ध ती हमलाकारी घटनास्थलबाट झण्डै १०० किलोमिटरमा बस्थे। शुक्रबार मध्याह्न उनी पटीले पढाउने स्कूल पुगेर विद्यार्थीलाई ती शिक्षक चिनाउन आग्रह गरे। मस्कोमा जन्मिएका चेचेन मूलका १८ वर्षीय अब्दुल्लख ए को ती शिक्षक र विद्यालयसँग कुनै सम्बन्ध थाहा भएको छैन। उनले शिक्षक पटी घर जाने बेलामा पछ्याएका थिए। उनले छुरीले पटीको टाउकोमा प्रहार गरी उनको शिरछेद गरेका थिए। बीबीसीबाट

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।