Logo बैशाख ५, २०७८ आइतबार


काेराेना महामाहारीकाे प्रभाव कृषिमा: बजार पाएनन् केरा र बदामले

अनिल यादव
नवलपरासी । लामो समयदेखिको कोरोना महामारी र लकडाउनका कारण मानव जिवनमा ठूलो असर परेको छ । नेपालमा करिब ८ महिनादेखि कोरोना महामारीको प्रकोपबाट नागरिकको जिवनमा थपिएको पीडाबाट किसान पनि अपवाद बन्न सकेका छैनन् ।

विश्व नै कोरोना महामारीको प्रकोपले अस्तव्यस्त भएपछि आर्थिक मन्दि पनि शुरु भएको छ । उत्पादित वस्तुहरुको कारोबार नभएका कारण आर्थिक मन्दि शुरु भएको व्यपारीले बताउँछन् । यस्तै पश्चिम नवलपरासीका किसानले उत्पदान गरेको खाद्यवस्तु बिक्री हुन नसकेका किसान निरास बेनेका छन् । पश्चिम नवलपरासीको गण्डक कमाण्ड क्षेत्र उखु, केरा र बदामको पकेट क्षेत्रको रुपमा स्थापित रहेको छ । यहाँ सबै भन्दा बढी उखु नै लगाउने गरिएको छ । उखु खेति केरा र बदाम खेति भन्दा पुरानो र नगदेबालि हो । पछिल्लो समय यहाँ उखु खेति सँगै केरा र बदाम खेति पनि लगाउन शुरु गरिएको छ ।

उखु १ महिना ढिलो बिक्रीm भएपनि खासै असर नपर्ने बाली हो तर केरा र बदाम समयमा बिक्री भएन भने किसानलाई निकै ठूलो क्षति हुने गरेको छ । केरा र बदाम समयमा बिक्री नभएपछि सड्ने तथा खराब हुने गरेको छ । त्यसैले यहाँका किसानहरु सरकारले समयमै आफूहरुको उत्पदानलाई बजार व्यवस्थापन गरिदिए ठूलो राहत हुने बताउँछन् । केरा उत्पादन बढेपनि बजार व्यवस्थापन नहुँदा बैंकको ऋण तिर्न निकै मुस्किल परेको छ ।

गण्डक कमाण्ड क्षेत्रमा करिब १० वर्षदेखि केरा लगाउँदै आएका किसानहरुले निकै राम्रो फाइदा भएपछि उनीहरुले यस वर्ष खेति बढाएका थिए । गत वर्ष १२ सय बिघामा लगाएको केरा यस वर्ष २५ सय बिघामा लगाएका छन् तर यो वर्ष केराले बजारीकरण नपाएकाले बोटोमै पाकेर कुहिन थालेको छ । यो वर्ष केरा उत्पदानमा वृद्धि गरे भएपनि बिक्रीका लागि भने किसानमाथि चुनौति थपिएको छ । किसानले उत्पादन गरेको केरा समयमा बिक्री नभएकाले गर्दा केरा खेतमै कुहिन थालेपछि उनीहरु निरास बनेका छन् ।

यस वर्ष उत्पदान बढाउनका लागि किसानले बैंकबाट क्रण समेत लिएका थिए । जग्गा बैंकमा राखेर ऋण लिएका किसान उत्पाद भएको केरा बेच्न नपाएपछि चिन्तित बनेका छन् । ऋणबाट प्राप्त रकमबाट उनीहरुले जग्गा लिजमा लिएर केती बढाएका थिए । केरा राम्रो हुँदै गएको छ । आम्दानी राम्रो हुने विश्वास पनि थियो । तर कोरोना महामारीका कारण सोचको जस्तो केही हुन नसकेको किसानहरुको गुनासो छ ।
मानसिक तनावसँगै आर्थिक भार थपिएपछि यहाँका किसान चिन्तित बनेका छन् ।

एकातिर बजार नपाएर केरा बारीमै कुहिने अवस्थामा छ अर्कोतिर ९० देखि एक सय रुपैयाँ दर्जन सम्ममा बिक्री हुने गरेको केरोको जम्मा मूल्य २० देखि ४० रुपैयाँ दर्जन बनेको छ । विगतका वर्षमा यहाँको केराले नेपालको बुटवल, पाल्पा, पोखरा, नराणगढ, काठमाडाैं लगायतका मुख्य मुख्य शहरहरुमा बजार पाउने गरेको थियो । यहाँका थोक व्यपारीले केरालाई खेतबाटै किनेर पिकपमा लोड गरी देशका ठूलठूला शहरहरुमा पठाउने गरेका थिए । तर हाल कोरोना महामारीको कारणले गर्दा थोक व्यपारीले पनि केरा उठान नसकेको केरो किसानको भनाइ छ । दुई महिना अगाडिदेखि नै किसानको खेतमा तयारी अवस्थामा रहेको केराहरु उठ्न सकेको छैन् । खासगरी नेपाली चाडपर्वको समयमा केरा बढी बिक्री हुने भएको आशमा किसानहरु यस वर्ष पनि उस्तै होला भनेर बैंकबाट लिएको क्रण सहजै तिरेर नाफा समेत कमाउन सक्ने सोचेका थिए । तर कोरोना महामारीले गर्दा यी सबै चाडपर्वहरु हर्सोउल्लासका मनाउन नपाइएका कारणले पनि केराले बजार नपाएको हो ।

अहिले यहाँका केरा नउठेका कारणले बैंकको ऋण र खेतमा लगाएको मजदुरको पैसा समेत तिर्न नसकेको केरा किसान सुस्ता गाँउपालिका वडा नं. ५ का सन्जय कहाँरले बताएका छन् । उनले २१ बिघा जग्गामा प्रतिबिघा एक लाखको दरले २१ लाखमा लिज लिएका छन् । तर केरा बिक्री नभएर उनलाई चिन्ताले पिरोलेको छ । उनले सरकार सँग किसानको लागि बजार व्यवस्थापन सहित क्रण लिएको रकमको ब्याज समेत छुट्को माग गरेका छन् । एक महिनादेखि मात्रै राम्रोसँग खुलेको बजारमा लकडाउनको समयमा केरा पठाउन पनि समस्या भएको ‘पश्चिम नवलपरासीका केरा उत्पदाक संघका अध्यक्ष लल्खु यादवले बताउनुभएको छ ।

लकडाउनको समयमै तयार भएको केरा गाडिहरु चल्न नपाएपछि उठ्न नसकेको यादवले भनेका छन् । ठाँउ ठाँउमा प्रहरीको अस्थाई चेकपोष्ट र चेकिङ्गले गर्दा केरा व्यपारीहरुले गाडि पठाउन समेत नमानेको उहाँले बताउनुभयो । करिब २ महिना अगाडि नै तयार भइसकेको केरा त्यही समयमा नठ्दा बोटबाटै कुहिएर झर्न थालेको यादव बताउनुहुन्छ । यसरी बोट बाटै केरा कुहिएर झर्न थालेपछि किसानलाई ठूलो घाटा व्योहोर्नु परेको संघ अध्यक्ष यादवले भनाइ छ । केरा समयमा नउठेपछि करोडौंको घाटा लाग्ने पश्चिम नवलपरासीका केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताउनुभयो ।

बदाम किसानको पनि उस्तै समस्या
पश्चिम नवलपरासी बदाम खेतीका लागि पनि राम्रो मानिन्छ । यति बेला बदाम काटेर घर भित्र्याउने बेला भएको छ । तर बजारमा बदामको माग घटेका कारण किसान चिन्तित छन् । कोरोना महामारीका कारण यति बेला सबै क्षेत्रमा परेको प्रभावले बदामका किसानलाई पछि छोडेन । बदाम राम्रो उत्पादन भएपनि बदामले बजार नपाउँदा किसान चिन्तित बनेका हुन् ।

बदाम खेति यस जिल्लाको गण्डक क्षेत्रको प्रतापपुर र सुस्ता गाँउपालिकामा व्यवसायिक रुपमा लगाउने गरिएको छ तर यस वर्ष अघिल्लो वर्षहरुको तुलनामा निकै कम बदाम बिक्री भएको बदाम किसान युवराज मौर्यले बताउनुभएको छ । बदाम खेति जिल्लामा ९ सय बिघामा लगाउने गरिएको छ ।

कोरोनाका कारण जिल्लाका अन्य किसानलाई भन्दा बदाम र केरा खेती गर्ने किसानलाई बढी मार परेको देखिएको छ । अन्य कृषि सामाग्रीलाई भण्डारण गरेर राख्न सकिएपनि केरालाई समयमै बिक्री गर्न नसकिए बिग्रिएर जाने भएकाले पनि किसान बढी मारमा परेका हुन् । यस वर्ष चाडपर्व समेत कसैले पनि तामझामका साथ नमनाउने भएकाले पनि यी कृषि सामाग्रीले बजार नपाएका हुन् । बजार अभावका कारण ठूलो आर्थिक क्षति बेहोर्नु परेको किसानहरुको गुनासो छ । सरकारले यस क्षेत्रमा ध्यान पुर्यार बजारिकणको व्यवस्था गरिदिने हो भने आफूहरुलाई ठूलो राहत पुग्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।