Logo बैशाख ५, २०७८ आइतबार


कांग्रेस सांसदलाई दशैँ भत्ता फिर्ता गर्न पार्टीको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन दिनुभएको छ ।

कांग्रेसको सङ्घीय संसदीय दलका नेतासमेत रहनुभएका सभापति देउवाले सांसदहरुको दशैं खर्च सरकारले कोरोना संक्रमण उपचार र व्यवस्थापनमा खर्च गरोस भनेर फिर्ता गर्नका लागि साेमबार बिहान निर्देशन दिनुभएको हो ।

कांग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिनुभएको निर्देशन बमोजिम  सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले  जानकारी दिनुभयो । उहाँले महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको बताउनुभयो ।

यस्तो संकटको अवस्थामा कोरोना संक्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुउत्तरदायी भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।