Logo माघ १०, २०७७ शनिबार


प्रस्तावित राजदूतविरुद्ध समितिमा गम्भीर प्रकृतिका चार उजुरी

काठमाडौं । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरु विरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेको छ ।  समितिले प्रस्तावित राजदूतहरु विरुद्ध परेका उजुरी सोमबार खोलेको हो ।

उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै सभापति कर्णले गम्भीर प्रकृतिका चारवटा उजुरी परेको बताउनुभयो । समितिले असोज २१ गते १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आव्हान गरेको थियो । सभापति कर्णले प्रस्तावित राजदूतहरु विरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कात्तिक १७ गतेका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको बताउनुभयो ।

उजुरी परेका मध्ये अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा विरुद्ध तीन वटा र संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध एकवटा रहेको सभापति कर्णले बताउनुभयो ।

सरकारले डा. युवराज खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूत सँगै पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि गैह्रआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैह्रआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो । डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेन लगायतका देशका लागि गैह्रआवाशीय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको हाे ।

प्रतिनिधि सभा नभएपछि संविधानको ५० प्रतिशत धाराहरु निस्क्रिय हुने भन्दै बिडारीले सत्तामा भएको मान्छेलाई मिलाएर व्यवस्था विरोधीहरुले योजनाबद्ध रुपमा प्रतिनिधि…

फाेहाेर नफाल्ने अभियानभन्दा पनि फाेहाेर उठाउने अभियान सञ्चालन भइरहेकाले सातामा एकदिन केही सफा देखिएपनि अर्काे दिनदेखि उस्तै देखिन्छ ।

वैशाखमा निर्वाचन नभए प्रधानमन्त्रीको वैधानिकतामाथि नै प्रश्न उठ्ने तथा संविधानले समेत काम नगर्ने उहाँको भनाइ छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएकाे जानकारी अनुसार स्थायी कमिटी बैठक आइतबार १२ : ३० बजे बस्नेछ ।

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बालकोट फर्किने पक्का भएको बताउनुभएको छ ।