Logo बैशाख २, २०७८ बिहीबार


खाद्य कम्पनीद्वारा सहुलियत दरमा खसीबाेका बिक्री शुरू

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको बिक्री शुरु गरेसँगै खरिद गर्नेहरुको भीड लागेको छ ।  कम्पनीले सोमबारदेखि सहुलियत दरमा खसीबोकाको बिक्रीशुरु गरेको हो ।

कम्पनीको थापाथली स्थित प्रादेशीक कार्यालय परिसरबाट दशैंका लागि खसीबोका बिक्री वितरण शुरु गरेको छ । कम्पनीले जिउँदो खसीबोकाको प्रति केजी ५ सय ६० रुपैयाँ मूल्य निर्धारण गरी त्यसमा १० रुपैयाँ सहुलियत दिई ५ सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ । बजारमा प्रतिकेजी ६ सय देखि ६ सय ५० रुपैयाँ प्रतिकेजीसम्म पर्ने खसीबोका ५ सय ५० रुपैयाँमै पाउने भएपछि उपभोक्ताहरुको भीड लागेको छ ।

खसीबोका किन्नका लागि कोभिड संक्रमणको प्रवाह नगरी सयौंको संख्यामा उपभोक्ताहरु थापाथली पुगेका छन् । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्ष दशैंमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । यसपटक कोभिड १९ संक्रमणको जोखिमका कारण विगतमा भन्दा कम संख्यामा खसी बोका बिक्री गर्न लागिएको पनि कम्पनीले बताएको छ ।

यसवर्ष २ हजारको संख्यामा खसीबोका र १ हजार च्याङ्ग्रा ल्याई विक्री गर्ने योजना बनाएपनि कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक हजार खसीबोका मात्रै बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यसपटक च्याङ्ग्रा भने बिक्रीमा राखेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।