Logo बैशाख २, २०७८ बिहीबार


सरकारी मूल्यप्रति खसीबोका व्यापारीको गुनासो, उपभोक्ता मारमा

काठमाडाैं । सरकारले बजार भाउ भन्दा कम मूल्यमा खसीबोका बिक्री गर्दा आफूहरु मारमा परेको खसीबोका व्यापारीहरुले बताएका छन् । तर सरकारले बजार नियन्त्रणका लागि भन्दै जम्मा एक हजार खसीबोका ल्याएको छ । यो संख्या बजार नियन्त्रणका लागि न्यून हो । त्यसैले दशैंको बेला उपभोक्ताहरु फेरिपनि महँगो मूल्यमा खसीबोका खरिद गर्न बाध्य हुने देखिएको छ ।

काठमाडौंको कलंकीस्थित खसी बजारमा खसीबोका व्यापार गर्दै आएका व्यपारीहरुले दशैंको बेला मूल्य नियन्त्रणका लागि भन्दै सरकारले खरिद मूल्य भन्दा कम मूल्यमा खसीबोका बिक्री गरिदिँदा आफूहरु मारमा परेको गुनासो गरेका छन् । आफूहरुले किसानबाट खरिद गर्ने मूल्य भन्दा कम मूल्यमा सरकारले बिक्री गर्दा समस्या पर्ने गरेको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनककुमार खड्काले बताउनुभयो ।

बजार मूल्य नियन्त्रणका लागि भन्दै सरकारले अत्यन्तै कम मूल्य कायम गरिदिँदा आफूहरु र उपभोक्ताबीच द्वन्द्व सिर्जना हुने अवस्था रहेको पनि खड्काले बताउनुभयो । यस्तै अर्का व्यापारी कुमार थापाले सरकारले तोक्ने मूल्य र आफूहरुले बिक्री गर्ने मूल्यमा पहिला देखि नै फरक पर्ने गरेको बताउनुभयो । आफूहरुले ५ सय ५० रुपैयाँदेखि ६ सय रुपैयाँसम्म किसानबाट खरिद गरी ल्याएकाले सरकारले तोकेको मूल्यमा बिक्री गर्न नसकिने पनि व्यापारीहरुले बताएका छन् ।

व्यापारीहरुले खसीबोकाको मूल्यमा अत्याधिक फरक पार्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले भने नियमित अनुगमन गर्दै आएको छ । महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष शोभा सापकोटाले कस्तो खसी बिक्री गर्ने कस्तो नगर्ने भन्ने सम्बन्धमा लगातार अनुगमन गरिरहेको बताउनुभयो । उचित मूल्य निर्धारण गरेर मापदण्ड अनुसार नै बिक्री वितरण गर्न समेत सचेत गराइएको पनि उहाँले बताउनुभयो ।

बजार हस्तक्षेप गरी मूल्य नियन्त्रण गर्नका लागि भन्दै सरकारले एक हजार खसीबोका ल्याई आजदेखि बिक्री शुरु गरेको छ । जुन बजारको मूल्य नियन्त्रणका लागि अप्रयाप्त हो । व्यापारीहरुले सरकारले कम मूल्य निर्धारण गरी बजारमा विवाद उत्पन्न गराउन खोजेको आरोप लगाएपनि फेरी एकदुई दिनमै मूल्यमा चलखेल हुनसक्ने सम्भावना देखिएको छ ।

यसबाट उपभोक्ताले अधिक मूल्य तिरेर खसीबोका किन्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ । अहिले सरकारले खसी बोकाको मूल्य प्रतिकेजी ५ सय ६० रुपैयाँ तोकेर १० रुपैयाँ सहुलियत दिई ५ सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ । तर खसी बजारमा जिउँदो खसीको मूल्य प्रति केजी ६ सय रुपैयाँदेखि ६ सय ५० रुपैयाँ, जिउदो बोकाको मूल्य प्रति केजी ६ सय ५० रुपैयाँ देखि ६ सय ८० रुपैयाँ र च्याङ्ग्राको प्रतिकेजी ९ सय रुपैयाँ देखि ९ सय ८० रुपैयाँसम्म बिक्री वितरण भइराखेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।