Logo मंसिर ११, २०७७ बिहीबार


सूपरमाई ‘ए’को निर्माणमा कालो झण्डा, संरचनाको काम रोकियो

भगीरथ भण्डारी
इलाम । सूपरमाई ‘ए’को निर्माणमा यहाँका स्थानीयले अवरोध गरेका छन् । जिल्लाको सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकाको माइखोलामा निर्माणाधिन सुपरमाई ‘ए’ सगरमाथा हाइड्रो प्रोजेक्टले समाह खोला र इङ्गला खोलाको पानी परियोजनामा मिसाउन संरचना निर्माण थालेपछि अवरोध गरेका हुन् ।

९.६ मेघावाट क्षमताको आयोजनामा अन्य श्रोतको पानी मिसाउन लागिएको भन्दै स्थानीय संघर्ष समिति बनाएरै आन्दोलनमा उत्रिएका छन् । परियोजनाको मुुख्य पानीको श्रोत माइखोला मात्रै भएको भन्दै माइखोला आसपासबाट बग्ने इङला खोला र समाह खोलाको पानी प्रयोग गर्न नदिने भन्दै स्थानीयले आन्दोलन थालेका हुन् ।

अवरोधपछि परियोजनामा समाह खोला र इङ्गला खोलाबाट पानी ल्याउनका बनाउन लागिएको संरचनाको काम रोकिएको छ । स्थानीयले कालोझण्डा गाड्दै काम बन्द गराएका हुन्, भोलीपल्ट फेरी काम शुरु भएपछि भेला भएका स्थानीयले आयोजनाको काम बन्द गराएका हुन् ।

आन्दोलनमा उत्रिएका स्थानीयले सुपरमाई हाइड्रो प्रोजेक्टसंग वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन र विद्युत खरिद सम्झौता माग गर्दा नपाएको गुनासो गरेका छन् । संघर्ष समितिका सहसंयोजक कुशबहादुर थेवेले ‘हामीले परियोजनाका प्रवन्द निर्देशक कृष्ण न्यौपानेलाई निवेदननै दिएर प्रतिवेदनहरु मागेका थियौ, शुरुमा उहाँले दिन्छौ भनुभयो तर पछि फलो गर्दा बोडको बैठकले नदिने निर्णय भएकाे भन्ने जवाफ पाइयो ।’

इङला र समाह खोलाको पानी परियोजनामा मिसाउँदा सयौ रोपनी जमिन बाझो हुने स्थानीय बताउँछन् । ‘यी दुई खोलाको पानी सयवटा भन्दा धेरै कुलोहरुबाट पानी लगेर सिचाई हुने गरेको छ’,स्थानीय धनबहादुर तिवारीले भने,‘७० मुरि बिऊको धान खेती हुने ठाउँ बाझै पल्टिन्छ, अलैचिमा पनि पानी लगाउँन पाइदैन ।’ जलविद्युत आयोजनाले अन्य दुई खोलाको पानी माइखोलामा मिसाउने गरी संरचना बनाउन थालेपछि एउटा सिचाई आयोजनानै रद्ध भएको माइजोगमाई ६ का दिपेश सोङमीले बताए ।

उनले भने ‘खोलामा पानीनै नहुने भएपछि यहाँ बन्न लागेको माइखोला रुल्लुक सिचाई आयोजनानै कोल्याप्स भयो । दुईवटा खोलाको पानी समेत आयोजनामा मिसाएपछि त्यस क्षेत्रमा रहेको घाट र धार्मिक स्थलपनि संकटमा पर्ने भएकाले माइखोलामा निर्माणाधिन आयोजनामा अरु खोलाको पानी मिसानउ नहुने स्थानीय बताउँछन् ।

स्थानीयले सुपरमाई हाइड्रो प्रोजेक्टका लागि बनाइएको क्यानलका कारणले धेरै ठाउँ पहिरो गएको र कतिपय मान्छेको बासै उठ्ने अवस्था भएको कारण संघर्ष समितिका हुकुमलाल थेवेले बताए । उनले भने ‘पाँच किलोलिमटर जति क्यालनको धेरै ठाउँमा पहिरो गएको छ, हामीले कुरा गर्दा आयोजनाले आलटालमात्रै गर्छ ।’ आन्दोलनरत स्थानीयले सुपरमाई हाइड्रो प्रोजेक्टले सामाजिक उत्तरदायित्वको रकम पारदर्शी रुपमा खर्च नगरेको भन्दै सामाजिक उत्तरदायित्वमा गरेको खर्च सार्वजनिक गर्न आग्रह गरेको थेवेले बताए ।

संघर्ष समितिका प्रकाश भट्टराईले ‘सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम कहाँ कसरी खर्च भयो त्यसलाई सार्वजनिक गर्नुपर्ने बताए ।’ उनले भने,‘कति रकम कहाँ कसरी खर्च भयो भनेर हामीलाई छर्लङ्ग देखाउनुपर्छ, त्यो रकम अनियमित रुपमा खर्च भएको छ भन्ने हामीलाई लागेको छ ।’ अर्को खोलाको पानी मिसाउन नदिने भन्दै आन्दोलन थालेपछि आयोजनाले प्रहरी प्रशासन लगाएर थर्काउने प्रयत्न गरेको आन्दोलनरत स्थानीयले बताएका छन्

प्रतिक्रिया दिनुहोस्
विशेष

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…