Logo मंसिर ११, २०७७ बिहीबार


भाँडा खसाएको विषयमा झगडापछि काकाको हत्या

कास्की । काकाको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । ओखलढुंगा सुनकोशी गाउँपालिका–५ बान्द्रे घर भएका ४६ वर्षीय ईन्द्र बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले ५५ वर्षीय काका टंक बहादुर तामाङको हत्या गरेको आरोप लागेको छ । पोखरा महानगरपालिका–२० मजुवा बिसौना बिजयपुर कोट पर्यटकीय पैदल मार्ग निर्माणको काम गर्दै आएका टंक बहादुर वैशाख १ गते बिहान आफू बस्दै आएको मजुवास्थित छाप्रोमा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा घटनामा संलग्न ईन्द्रलाई लमजुङ मध्यनेपाल नगरपालिका–२ सोतीपसलबाट पक्राउ गरेको हो ।

वैशाख २० गते बेलुका टंक र ईन्द्र समेतका व्यक्तिहरुले रक्सी सेवन गरी बसेकोमा भाँडा खसालेको बिषयमा टंक र ईन्द्रबीच चर्काचर्की झगडा हुँदा ईन्द्रले टंकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । ईन्द्र उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।