Logo बैशाख १, २०७८ बुधबार


अजरबैजानविरुद्धको युद्धमा अर्मानियाका ७२९ सैनिक मारिए

काठमाडौं । अजरबैजानविरुद्ध जारी युद्धमा मृत्यु हुने अर्मानियाकासैनिकको संख्या सात सय २९ पुगेको छ । अर्मानियाको सेनाले सोमबार मारिएका थप १९ सैनिकको नाम जोडेसँगै हालसम्म मृत्यु हुनेको संख्या सात सय २९ पुगेको हो ।

अर्मानियाको रक्षा मन्त्रालयले यसअघि मृतकको आंकडा अधुरो हुनसक्ने बताएको थियो । लगातार जारी युद्धमा मृतकको आंकडा ढिलो गरी प्राप्त हुनसक्छ । अर्कोतर्फ अजरबैजानले आफ्नोमा भएको धनजनको क्षतीको विवरण भने दिएको छैन ।

राष्ट्रपति इलहाम एलियेवले एक अन्तरवार्तामा युद्ध समाप्त भएपछि यसबारे जानकारी सार्वजनिक गरिने बताउनुभएको थियो ।

अजरबैजानका प्रोसिक्यूटर जनरलको अफिसले सोमबार अगदाम इलाकामा मोर्चामा गोलीबारीका कारण चारजना घाइते भएको जानकारी दिएको छ । बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…