Logo मंसिर १२, २०७७ शुक्रबार


माछापालनका लागि ५० वटा पोखरी बनाउँदै नगरपालिका

इलाम । यहाँ स्थित नगरपालिकाले माछापालनको प्रोत्साहनका लागि ५० वटा पोखरी निर्माण गर्ने भएको छ । नगरले किसानलाई अनुदानमार्फत पोखरी निर्माण गरिदिने भएको हो ।

नगरको अनुदान सहयोग शीर्षकअन्तर्गत रकमबाट एउटा पोखरीका लागि रु ४० हजार अनुदान दिएर पोखरी निर्माण भएको नगरप्रमुख महेश बस्नेतले जानकारी दिनुभयो ।

नगरका १२ वडामध्ये वडा नं ७ बाहेक बाँकी वडामा माछापोखरी निर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोग दिई लागत साझेदारीमा १६ मिटर लम्बाइ आठ मिटर चौडाइ भएको माछापोखरी निर्माण गरी व्यावसायिक माछापालन कार्यक्रम सञ्चालन गर्ने गरी विभिन्न समूह, फर्म र कृषकबाट आवेदन माग गरिसकिएको छ ।

माग गरिएकोमा नगरको बैठकमार्फत उपयुक्त माछापालन किसानसमेत छनोट गरिसकिएको छ भने ४० जना किसान वैकल्पिकमा परेका छन् ।

“इलाम नगरपालिका–७ नं वडामा चाहिँ पोखरी भएको र नयाँ बनाउन उपयुक्त ठाउँ नभएकाले नदिएको हो”, नगरका सूचना अधिकारी रामकुमार साहले भन्नुभयो, “सबै प्रक्रिया पूरा गरेपछि मात्र अनुदानको रकम दिन्छौँ । त्यसका लागि मापदण्डसमेत बनाइएको छ ।” नगरमा माछापालनको प्रशस्त सम्भावना भए पनि सचेतना अभाव पालन नभएको सूचना अधिकारी साहको भनाइ छ ।

नगरमा माछा अन्य जिल्लाबाट ल्याउनुपर्ने बाध्यता हल गर्नसमेत नगरले प्रोत्साहन गरेको साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…