राष्ट्रिय वाणिज्य बैंकको २४२औं शाखा बाग्लुङको शेराबजारमा

बागलुङ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका वडा नम्बर–१ स्थित शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ । जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले बैंकको २४२ औं शाखा कार्यालयको सोमबार समुदघाट्न गर्नुभएको हो ।
जैमिनी नगरपालिकाका नगर प्रमुख पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी नगरवासीलाई बैंकिङ् सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
बैकको शाखा कार्यालय शेराबजारका शाखा प्रबन्धक लोकप्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जैमिनी नगरपालिकाकी उपप्रमुख लिला राना, नगर पदाधिकारीहरु, स्थानीय उद्योगी व्यवसायी, कर्मचारी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २ सय ४२ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखारहित
बैंकिङ् रहेको बैंकले जनाएकाे छ ।