Logo मंसिर ९, २०७७ मंगलबार


ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । गोकर्णेश्वर–४ मा ना.७ त ४३४६ नम्बरको ट्याक्टर मंगलबार दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको हो ।

ट्याक्टर अनियन्त्रित भई बाटोबाट करिब २० फिट तल खस्दा गोकर्णेश्वर नगरपालिका–६ जम्बुडाँडा बस्ने रौतहट घर भएका २५ वर्षीय कनही साह सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।