Logo मंसिर १४, २०७७ आइतबार


अचम्म लाग्ला : उनकाे प्रेम सम्बन्ध भूतसँग छ

एजेन्सी। यी महिलाको प्रेम सम्बन्ध भूतसँग छ भन्दा पत्याउन गारो पर्छ । किनकी भूत छ कि छैन भन्नेबारे धेरैका धेरैथरी सोचाई चिन्तन हुन सक्छन् । विज्ञान र प्रविधिको युग भूतप्रेतको अस्तित्वलाई कुनै ठाउँनै छैन । तर पनि दुनियाँका धेरै मानिसहरु भूतप्रेत रहेको विश्वास गर्दछन् । भूत यथार्थमा होस् वा नहोस् तर धेरै मानिसलाई भूत भन्नेबित्तिकै डर लाग्दछ । तर उनी  भूतसँग प्रेम गरेको दाबी गर्छिन् ।

उनी बेलायतकी युवती एमथिस्ट रिल्म हुन् । र उनको कथाले धेरैलाई आश्चर्यमा पारेको छ । उनी केवल भूतसँग प्रेम सम्बन्धमा मात्र रहिनन् भूतरुपी प्रेमीसँग छुट्टी मनाउनका लागि विदेश समेत गइन् अरे । तर लामो समयदेखि चलिआएको भूतसँगको प्रेम सम्बन्ध ती युवती अब तोड्न चाहन्छिन् ।

उनको प्रेमकहानी अनौठो छ । उनको जीवनमा भूतको प्रवेश हुनुअघि उनका एकजना प्रेमी थिए । उनले आफ्नो ब्वायफ्रेण्डसँग इन्गेजमेन्ट पनि गरिसकेकी थिइन् । बिहे पनि छिट्टै गर्ने योजना थियो । उनको ब्वायफ्रेण्ड कामका कारण प्रायः बाहिरै बस्दथे । यहीँ क्रममा रिल्मको जीवनमा भूतको प्रवेश भयो, नयाँ प्रेमीको रुपमा । भूतसँग यौनसम्पर्क गर्नकै लागि उनले आफ्नो प्रेमीलाई पनि छाडिदिएकी थिइन् ।

सन् २०१८ मा एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा रिलमले आफू केही वर्षदेखि भूतको सम्पर्कमा रहेको बताएकी थिइन् । साथै आफूले भूतसँग रोमान्टिक सम्बन्ध बनाएको पनि दाबी गरेकी थिइन् ।

भूतसँग बिहे गरेर भूतसँगकै समागमबाट बच्चा जन्माउनेसम्मको कल्पना गर्न भ्याएकी रिलमले अबचाहिँ भूतसँग आफ्नो बिहे नहुने बताउन थालेकी छन् । पछिल्ला दिनमा भूतसँग आफ्नो सम्बन्ध टुंगिएको उनको दाबी छ ।

रिलम भन्छिन्, ‘हामी दुवैजना छुट्टीमा थाइल्याण्ड गएका थियौँ । तर छुट्टी मनाएर जब फर्कियौँ तब भूतको व्यवहार पूर्णरुपमा बदलियो । भूतको सायद अरुसँगै प्रेम बस्यो कि भन्ने लागेको छ ।’

रिलमका अनुसार यसअघि आफ्नो प्रेमी भूतले घरमा आउँदा अन्य धेरै भूत साथीहरुलाई समेत सँगै लिएर आउँदथ्यो । साथै ती भूत साथीहरु उनको घरमा कैयन् दिनसम्म बस्दथे अरे । आफूले प्रेमी लगायतका सबै भूतहरुसँगै बसेर पार्टी गर्ने तथा ड्रग्स समेत लिने गरेको उनको दाबी छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।