Logo फाल्गुन १३, २०७७ बिहीबार


दशैं बजारमा कोरोनाको प्रभाव: फुर्सदिला छन् व्यापारी

रुपा घिमिरे
काठमाडौं । दशैंको पूर्वसन्ध्यामा व्यापार गर्न भ्याई–नभ्याई हुने काठमाडौं उपत्यकाको मुख्य व्यापारिकस्थलका व्यापारीहरु यस वर्ष फुर्सदिला बनेका छन् । कोरोना भाइरस जोखिमका कारण अधिकांश क्रियाकलाप सुचारु हुन नसक्दा त्यसको असर दशैं बजारमा देखिएको हो ।

असन र इन्द्रचोक भन्नासाथ अत्यासलाग्दो भिडभाड र कोलाहलको दृश्य आँखा अगाडि आउँछ । अझ, दशैं, तिहारको समयमा त्यहाँ खुट्टा टेक्ने ठाउँ पनि हुँदैन र व्यापारीहरु व्यापार गर्न भ्याई–नभ्याई हुन्छन् । तर यसपालीको दृष्य अर्कै छ । दशैं शुरु भइसक्दा पनि मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्यूरोडका व्यापारी फुर्सदिला देखिएका छन् । ग्राहकको पर्खाइमा सडकतिर आँखा लगाउनु व्यापारीहरुको दैनिकी बनिरहेको छ ।

लामो समयको लकडाउनका कारण मानिससँग पैसा कम भएकाले अत्यावश्यकीय खरिदमा मात्र उनीहरुको ध्यान गएको छ ।

यसबीचमा अधिकांश व्यवसाय एवं उद्योग बन्द भए । चलिरहेका कतिपय संस्था तथा व्यवसाय पनि रुग्ण अवस्थामा छन् । जसले बजारमा तलब, भक्तामा कमी आएसँगै खर्च गर्नसक्ने मानिसको क्षमता नदेखिँदा बजार प्रभावित बनेको हो । काठमाडौं मात्र होईन ललितपुरका मुख्य व्यापारीक केन्द्रहरु पनि यतिबेला सुनसान छन् ।

पुनः लकडाउन हुने त्रास रहेको र रकम बचत गर्नतर्फ मानिसहरु सचेत बन्दा पनि दशैं बजार प्रभावित बनेको धेरैको बुझाइ छ ।

भिडियाे:

भिडियाे: शैलेन्द्र गाेविन्द अमात्य

प्रतिक्रिया दिनुहोस्
विशेष

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…