Logo बैशाख २, २०७८ बिहीबार


नौमती बाजा पाएका ७० वर्षीय डिलबहादुर खुशी

हिमलाल पराजुली
स्याङ्जा । गोरो अनुहार होचो कद भएका डिलबहादुर निकै खुसि देखिनुहुन्छ । उहाँको अनुहारमा हेर्दै उमङ्ग छाएको देखिन्थ्यो नहुनु पनि किन आफूले जुन कर्म गरेर परिवार पाल्दै आउनु भएको छ त्यो पेशा प्रति वडा कार्यालयले देखाएको साहानुभुतिले उहाँ दङ्ग पर्नुभएको छ । ।

उमेरले ७० वर्ष पुरा हुनुभएका डिलबहादुर दमैले १२ वर्षको कलिलो उमेरमानै आफ्ना बाबु र आफन्त सँगै नौमती बाजा बजाउन सुरु गर्नुभएको थियो । उहाँले गर्दै आएको पेशा संरक्षणको लागि वालिङ नगरपालिका १३ नम्बर वडा कार्यालयले नौमती बाजा हस्तान्तरण गरे पछि डिलबहादुर सँंगै यो पेशामा लाग्नेहरु खशी भएका हुन् ।

कार्यालयले बाजा हस्तान्तरण गरे सँगै कर्नाल समाएर बजाउदै निकैबेर खुसी साट्दै उहाँले भन्नुहुन्छ , “सानै उमेर देखि बजाउन सुरु गरे अहिले आएर सारै खुसी लाग्यो । मेरा पाँच भाइ छोरालाई पनि यही पेशा सिकाएको छु ।”

विभिन्न चाडपर्वका साथै शुभकार्यमा बाजा बजाएर परिवार पाल्दै आएको सिपकार एकता समाज वालिङ १३ मा आवद्ध दमै समुदायलाई नौमती बाजा बजाउनको लागि आवश्यक पर्ने सबै सामग्री वडा कार्यालयले उपलब्ध गराएको हो ।

बाजा पाए सँगै समुहमा आवद्ध सदस्यहरु खुसी भएकाछन् । कोरोना महामारीका कारण धेरैले रोजगारी गुमाईरहेका बेला नौमती बाजा पाएपछि उनीहरु खुशी भएका हुन् ।

आफुहरुको मुख्य पेशानै कपडा सिलाउने र बेलामौकाम बाजा बजाउने भएकोले आफ्ना पाँच भाई छोराहरुलाई समेत यही पेशामा लगाएको र यसैबाट परिवार पाल्दै आएको समेत डिलबहादुर बताउनुहुन्छ । वडा अध्यक्ष आनन्द पाठकले परम्परा र संस्कृतिको संरक्षण सँगसँगै दमै समुदायलाई आयआर्जनमा सहयोग पुगोस भनेर नौमती बाजा हस्तान्तरण गरिएको बताउनुहुन्छ ।

रु एक लाख ८० हजार रुपैया बराबरको नौमती बाजा हस्तान्तरण गरिएको वडा सचिव लुमाकान्त भट्टराई भन्नुहुन्छ । नौमती बाजा बजाउनको लागि प्रयोग गरिने सनाइ, ढोलक दमाहा, कर्नाल, ट्याङ्को, झुर्मा लगायतका सामाग्री रहेको वडा कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…