बेवारिसे काठ बरामद

हिमलाल पराजुली
स्याङ्जा । जिल्लाको चापाकोट नगरपालिकाबाट प्रहरीले बेवारिसे काठ बरामद गरेकाे छ । चापाकाेट-१ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेबारिसे अवस्थामा भेटिएको सालको काठ प्रहरीले बरामद गरेको हाे ।
जंगलमा लुकाएर राखेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चापाकोट बाट गएको प्रहरी टोलीले बाटोमुनी स्याउलाले ढाकेर राखेको अवस्थामा ३ सय ६.३४ क्युफिट बराबरको २ सय १८ थान सालको काठ फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दा जनप्रतिनिधी र प्रहरीको रोहबरमा मुचुल्का तयार पारी आवश्यक कारबाहीको लागि वन डिभिजन कार्यालय स्याङ्जामा बुझाएको र बेवारिसे अवस्थामा रहेको काठको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।