Logo बैशाख ३१, २०७८ शुक्रबार


दशैंका लागि अग्रिम टिकट नखुले पनि समस्या देखिएन

काठमाडौं । दशैंका लागि यस वर्ष बसको अग्रिम टिकट नखुले पनि कुनै समस्या नभएको पाइएको छ । सरकारले विगतका वर्षमा जसरी चाडपर्वमा घर जाने यात्रुका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले समस्या नभएको हो ।

दशैंका समयमा विगतका वर्षभन्दा धेरै कम यात्रुले मात्रै काठमाडौं उपत्यका छाडेर घर गएकाले समस्या नभएको यातायात व्यवस्था विभागलले जनाएको छ । बजारको मागकै आधारमा अग्रिम टिकट नखुलाइएको विभागका प्रवक्ता डा.लोकनाथ भुषालले बताउनुभयो । विगतका वर्षभन्दा झण्डै एक चौथाइले मात्रै उपत्यका छाडेको पाइएको छ । यी यात्रुका लागि अहिले भइरहेकै सवारीसाधन पर्याप्त हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार आवश्यक पर्दा थप सवारीसाधन व्यवस्थापन गर्न सकिने यातायात व्यवसायीले बताएका छन् । उहाँले भन्नुभयो, ‘हामीले यातायात व्यवसायीसँग नियमित सम्पर्क गरिरहेका छौँ ।’ विगत वर्षमा झण्डै २० लाखले दशैंमा घर जाने गरे पनि यो वर्ष झण्डै चार÷पाँच लाख मात्रै जाने अनुमान गरिएको छ ।

विगतका वर्षमा भीडभाड हुने गरेकामा अहिले लामो र मध्यम रुटका गाडी छुट्ने स्थानमा भीडभाड कम देखिएको छ । विभागले ट्राफिक प्रहरीसँगको समन्वयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए नभएको अनुगमनसमेत गरिरहेको छ । केही दिन पहिले मात्रै सरकारले सार्वजनिक सवारीसाधनमा सिटअनुसार यात्रु राख्न पाउने र तोकिएभन्दा बढी भाडा लिन नपाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…