Logo मंसिर १४, २०७७ आइतबार


एकैदिन ५,७४३ जनामा काेराेना संक्रमण, २६ जनाकाे मृत्यु

काठमाडौं । विगत २४ घण्टामा ५ हजार ७ सय ४३ जनामा कोराेना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रडा जागेश्वर गाैतमले दिनुभएाे जानकारी अनुसार याे संक्रमित संख्या अहिलेसम्मकै सबैभन्दा बढी हाे ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २० हजार १ सय १८ को पीसीआर परीक्षण गरिएको जानकारी दिनुभएकाे छ। हालसम्म नेपालमा १ लाख ४४ हजार ८ सय ७२ जनामा काेराेना संक्रमण भएकाे गाैतमले बताउनुभयाे ।

पछिल्लाे २४ घण्टामा मात्रै २६ जना संक्रमितको मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ७ सय ९१ पुगेको गाैतमले जानकारी दिनुभएकाे छ।

हालसम्म सक्रिय संक्रित संख्या ४४ हजार ४ सय ७६ रहेका छन्। २ हजार ९ सय ९६ जना संक्रमित निको भएर घर फर्किएका छन्। हालसम्म निको हुनेको संख्या ९९ हजार ६ सय ५ रहेको गाैतमले जानकारी दिनुभएकाे छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।