Logo बैशाख २, २०७८ बिहीबार


महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको उम्मेद्वारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी चुनावी साधरणसभामा वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

मंसीर दोस्रो साता हुने चुनावका लागि ढकालसहित उहाँको प्यानलले बुधवार उम्मेद्वारी दर्ता गराएको हो ।

ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेद्वारी दर्ता गराउनुभएको छ । उम्मेद्वारी दर्तापछि ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताउनुभयो । अहिलेको जटिल परिस्थिथिमा महासंघमा सशक्त र गतिशील नेतृत्वको आवश्यकता रहेको र आफ्नो समूहमात्र अहिलेको समय परिस्थिति अनुकूल नेतृत्व हुनसक्ने उहाँको छ ।

महासंघको ५४औं साधरणसभा मंसीर ११ देखि १३ सम्मका लागि तय भएको छ । महासंघको विधान अनुसार, वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान छ । ढकालसँग वरिष्ठ उपाध्यक्षमा महासंघका अर्का उपाध्यक्ष किशोर प्रधानले प्रतिस्पर्धा गर्ने घोषणा गरिसक्नुभएको छ ।

गत वर्ष चैत महिनामा हुनुपर्ने साधरणसभा कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण सारिएको थियो । त्यसपछि साउनको २६ र २७ गते ललितपुरको हेरिटेज गार्डेनमा साधरणसभा गर्ने तय भएको थियो । महासंघको विधान अनुसार, कुनै विशेष परिस्थितिले साधरणसभा रोकिन गएमा तीन महिनाभित्र अर्को मिति तोकेर साधरणसभा गर्नुपर्छ । महामारी फैलिएपछि विभिन्न जिल्लामा स्थानीय प्रशासनको निशेधाज्ञा लगायतका कारण साधरणसभा पुनः रोकिएको थियो ।

देशभर सञ्जाल रहेका महासंघको साधरणसभामा देशभरका उद्यमी व्यवसायी, वस्तुगत समूह, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तथा कर्पोरेट संस्थाका प्रतिनिधिहरुले मतदान गर्छन् ।
महासंघकी अध्यक्ष भवानी राणाका अनुसार मंसीर ११ मा साधरणसभाको उद्घाटन भर्चुअल माध्यमबाटै हुनेछ भने कोभिड–१९ को जोखिमलाई ध्यानमा राख्दै महासंघको सचिवालय टेकू, प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की ब्यांकेट माइतीघरमा मतदान कार्यक्रम राखिएको छ ।

महासंघको निर्वाचनमा जिल्ला उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत, वस्तुगतको ३० प्रतिशत र एसोसिएटको २० प्रतिशत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…