Logo बैशाख २, २०७८ बिहीबार


मूल्यवृद्धिले उपभाेक्ता मारमा, दुई प्रतिशतले घटेकाे सरकारी तथ्यांक

काठमाडाैं । बजार मूल्यवृद्धिले उपभोक्ताको भान्सा मंहगिएको बेला सरकारी तथ्यांक भने विपरित देखिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो दुई महिनामा मुल्यवृद्धि करिब दुई प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्याँकले देखाएकाे हाे ।

२०७७ भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५२ प्रतिशत रहेको छ । बुधबार सार्वजनिक नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६८ प्रतिशत रहेको छ ।

२०७६ भदौको तुलनामा २०७७ भदौमा तरकारी एवम् दाल तथा गेडागुडीको मूल्य वृद्धि उच्च रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.६६ प्रतिशत, तराईमा ४.७१ प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ४.५१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ भदौमा यी क्षेत्रहरुमा क्रमशः ७.९० प्रतिशत, ५.६९ प्रतिशत, ५.०९ प्रतिशत र ५.०२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.४० प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.९३ प्रतिशत, ८.६२ प्रतिशत र २.६१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २.१३ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार दुई महिनामा आयात २२.१ प्रतिशतले घटेको छ भने निर्यात १०.५ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.१ प्रतिशतले र अमेरिकी डलरमा २.६ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब २० करोड अमेरिकी डलर रहेको छ ।

संघीय सरकारको खर्च ५३ अर्ब ५५ करोड र राजस्व परिचालन १ खर्ब ५ अर्ब ३७ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ०.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १९.४ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जाप्रवाह विस्तार हुन सकेको छैन ।

वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर १८.७ प्रतिशत र निजीक्षेत्र माथिको दाबीको वृद्धिदर १०.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…