Logo मंसिर १०, २०७७ बुधबार


दसैं बिदामा पनि कोभिड–१९ अस्पतालहरु सञ्चालन हुने

काठमाडौं । सरकारले दसैं बिदामा पनि कोभिड–१९ अस्पतालहरु आवश्यकता अनुसार सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दसैंका समयमा पनि कोभिड अस्पताल सञ्चालन हुने बताउनुभएको हो । बुधवार नियमित कोरोना बिफ्रिङका क्रममा उहाँले कोभिड नियन्त्रण सम्भव भएको भन्दै सबै कोभिड अस्पताल र प्रयोगशालाहरु दसैं बिदामा पनि सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिनुभयो ।

यसैबीच, पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

बुधवार मुलुकभर ५ हजार ७ सय ४३ नयाँ संक्रमित थपिएसँगै देशभर संक्रमतिको संख्या १ लाख ४४ हजार ८७२ पुगेको हो । पछिल्लो २४ घण्टामा उपत्यकामा ३ हजार १ सय ७ सहित देशभर ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…