Logo मंसिर १०, २०७७ बुधबार


नेपाली सेनाले कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गर्न छोड्यो

रुपन्देही । कोरोना संक्रमणबाट मृत्यु भएका रुपन्देहीको तिलोत्तमाका एक पुरुषको बुधवार तिलोत्तमा नगरपालिकाले शव व्यवस्थापन गरेको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा संघीय सरकारले होम आइसोलेसनमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापन परिवार आफैले गर्नुपर्ने भनेपछि नगरपालिकाले पहिलो पटक शव व्यवस्थापन गरेको हो ।

नगर–स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको हिजोको बैठकले कोरोना संक्रमणबाट नगरबासीको मृत्यु भए शव व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार बुधवार मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव नगरपालिकाकै खर्चमा व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत गणेश गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…