Logo मंसिर १०, २०७७ बुधबार


भव्य रानीपोखरी सर्वसाधारणका लागि खोल्ने तयारी

काठमाडौं । पुननिर्माण गरिएको रानीपोखरीको भव्यताले अहिले धेरैको मन लोभ्याएको छ ।

ऐतिहासिक र धार्मिक रुपमा निकै महत्वपूर्ण रानीपोखरीको बाहिरी सौन्दर्य पनि साँच्चिकै लोभलाग्दो छ । त्यसैले धेरै उपत्यकावासी रानीपोखरीसँग साक्षात्कार गर्न आतुर छन् । धेरैको मनमा बुधवार राष्ट्रपतिबाट उद्घाटन गरिएको रानीपोखरी सर्वसाधारणका लागि खुल्छ कि खुल्दैन ? खुल्छ भने कहिले ?

मल्लकालीन सम्पदा रानीपोखरी राजधानीवासीको गौरवको रुपमा समेत रहेको छ । त्यसैले पुननिर्माण गरिएको रानीपोखरी सर्वसाधारणका लागि खुल्ला गर्ने राष्ट्रिय पुननिर्माण प्राधिकरणको योजना छ ।

यसबारेमा काठमाडौं महानगरपालिकासँग मिलेर कार्यविधि बनाइने प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले बताउनुभयो । तर कार्यविधि तयार नभए पनि रानीपोखरी सर्वसाधारणका लागि खुल्ला राखिने उहाँले जानकारी दिनुभयो । प्रमुख कार्यकारी ज्ञवालीका अनुसार तत्कालका लागि दैनिक सीमित संख्यामा मात्र सर्वसाधारणलाई रानीपोखरीभित्र जान दिने योजना रहेको बताउनुभयो ।

मान्छेहरू रानीपोखरी कस्तो बन्यो भनेर हेर्न उत्सुक छन् । त्यसैले विहीवारबाटै रानीपोखरी घुम्न आउने सर्वसाधारणलाई प्रवेश दिने योजनामा प्राधिकरण रहेको उहाँले बताउनुभयो । तर अहिलेलाई भीडभाड नहुने गरी थोरै मान्छे मात्र पठाउने कि भन्ने सोंच प्राधिकरणको रहेको छ ।

अबको एक–दुई महिना रानीपोखरीप्रति सर्वसाधारणको चासो र आकर्षणको अध्ययन गरेर थप नीति बनाइने ज्ञवालीले बताउनुभयो ।

रानीपोखरी प्रवेश सशुल्क गर्ने कि निशुल्क भन्ने पनि तय नभएको उहाँले जानकारी दिनुभयो । तर अहिलेलाई भने पैसा तिर्नुनपर्ने उहाँले बताउनुभयो ।

तर रानीपोखरी संरक्षण अभियानका अभियान्तहरुले भने रानीपोखरी सर्वसाधारणका लागि तत्कालै खुला गर्न नहुने बताएका छन् ।

पुननिर्माण गरिएको रानीपोखरीको चर्चाले अहिले थेग्नै नसक्ने भीड लागेर व्यवस्थापन गाह्रो हुने र गहिरो पोखरी भएकाले सुरक्षा जोखिम पनि उत्तिकै हुने उनीहरुको भनाइ छ ।

जमल र शान्ति वाटिका पुनर्निर्माण सम्पन्न भएपछि मात्र रानीपोखरी खुला गर्नुपर्ने उनीहरुको सुझाव छ । प्राधिकरणले दोस्रो चरणमा जमल र शान्ति वाटिका पुनर्निर्माण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…