Logo मंसिर १०, २०७७ बुधबार


दोहोरो फायरिङमा भारतीय घाइते, हतियारसहित पक्राउ

बारा । सिम्रौनगढ नगरपालिकामा दोहोरो फायरिङमा हुँदा एक भारतीय नागरिक घाइते भएका छन् । भारतको बिहारको मोतिहारीस्थित पूर्वी चम्पारण दुधिअवा निवासी २८ वर्षका बृजकिशोर कुशवाहलाई गोली हानेर प्रहरीले पक्राउ गरेको हो ।

बुधबार दिउँसो साढे तीन बजे सिम्रौनगढ–९ सानो बंकुलमा ड्युटिमा रहेको प्रहरीमाथि कुशवाहले पेस्तोल हानेका थिए । भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहमाथि शंका लागि रोक्न खोज्दा उनले प्रहरीमाथि पेस्तोल हानेका हुन् । तर उनको पेस्तोल पड्किएन र प्रहरीले ३०३ राइफलबाट १ राउण्ड फायर गर्दा कुशवाहको बायाँ पाखुरामा गोली लागेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

गोली लागेर ढलेपछि नियन्त्रणमा लिई प्रहरीले सिम्रौनगढको कंकाली पोलिक्लिनिकमा उपचार गराएको छ । उनको अवस्था सामान्य रहेको र उनको साथबाट पेस्तोल र त्यसमा लोड भएको ४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । कुशवाहाले प्रहरीलाई देख्ने बित्तिकै शुरुमा फायरिङ्ग गरेपछि प्रहरीले जबाफी फायरिङ्ग गर्दा कुशवाहा घाइते भएको प्रहरीले जनाएका्े छ ।

कुशवाहले भारतमा चुनाव भएको र आफू दुष्मन मार्न हिँडेको भन्ने अस्पष्ट जवाफ दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उसको पृष्ठभुमि केलाउने काम भइरहेको छ । भारतमा उनले गरेका अपराधका बारेमा समेत अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिनुभयो । कुशवाहालाई समान्य उपचार गरी जिल्ला प्रहरी कार्यालय बाराकै हिरासतमा राखिएको डिएसपी मिश्रले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…