Logo मंसिर १४, २०७७ आइतबार


विश्वभर तीन करोड नौ लाख संक्रमणमुक्त, ११ लाख ३५ हजारको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरसका तीन करोड नौ लाखभन्दा बढी बिरामी निको भएका छन् । विश्वमा बिहीबार बिहानसम्ममा तीन करोड नौ लाख दुई हजार नौ सय ९० संक्रमित कोरोनामुक्त भएका हुन् ।

आजसम्मका विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड १४ लाख ६२ हजार ३६ पुगिसकेको छ । संक्रमितमध्ये ११ लाख ३५ हजार ६ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा कुल संक्रमितको संख्या ८५ लाख ८४ हजार नाघेको छ । कुल संक्रमितमध्ये ५६ लाख दुई हजारबढी निको भएका छन् भने दुई लाख २७ हजार चार सय नौ जनाको ज्यान गएको छ ।

भातरमा कोरोना भाइरसको कुल संक्रमितको संख्या ७७ लाख पाँच हजार नाघेको छ । संक्रमितमध्ये ६८ लाख ७१ हजार बढी निको भएका छन् भने एक लाख १६ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या एक लाख ४४ हजार आठ सय ७२ पुगेको छ । संक्रमितमध्ये ९९ हजार ६ सय पाँच जना निको भइसकेका छन् भने सात सय ९१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'