Logo मंसिर १४, २०७७ आइतबार


कोरोना कहर : १० लाख बढी संक्रमित हुने राष्ट्रमा स्पेन छैठौं

एजेन्सी । स्पेनमा १० लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै १० लाख बढी संक्रमित हुने राष्ट्रमा स्पेन छैठौं मुलुक बनेको हो ।

यसअघि अमेरिका,भारत,ब्राजित,रसिया र अर्जेन्टिनमा १० लाखभन्दा बढी संक्रमित पहिचान भइसकेका छन्।

सुरुमा चीनबाट फैलिएको भाइरसले युरोपमा सबैभन्दा बढी प्रभाव स्पेनमा पारेको थियो। बुधवारमात्रै स्पेनमा १६ हजार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएको थियो भने १ सय ५६ जनाको मृत्यु भएको थियो। ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। बीचमा संक्रमणको अवस्थन कम हुँदै गएपनि अगस्तदेखि भने दैनिक करिब एक हजार जनामा संक्रमण देखिँदै आएको छ।

९ महिनामा स्पेनमा १० लाख ५ हजार २ सय ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ।

युरोपलाई कोरोना भाइरसको सेकेन्ड वेभले निकै प्रभाव पारेको छ। संक्रमितको संख्या बढ्दै गएसँगै युरोपियन राष्ट्रहरुले कर्फ्युका साथै अन्य प्रतिबन्धहरु लगाउन फेरि सुरु गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'