Logo असार १, २०७८ मंगलबार


काभ्रेमा कोरोनामुक्त हुनेको संख्या दोब्बर

काभ्रेपाल्चोक । यहाँ पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको तुलनामा संक्रमणमुक्त हुनेको संख्या दोब्बर देखिएको छ ।

बुधबार राति ३१ संक्रमित  थपिए भने त्यसको दोब्बर ६२ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये २६ महिला रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ । मङ्गलबार ७१, सोमबार १६ र आइतबार २३ जना कोरोना संक्रमणमुक्त भएका थिए ।

पोष्टका अनुसार बुधबार १७ महिला सहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये बनेपाका १५, मण्डनदेउपुरका सात, धुलिखेलका सात र नमोबुद्ध नगरपालिकाका एक तथा बेथानचोक गाउँपालिकाका एक छन् ।

हालसम्म कोरोना संक्रमणबाट जिल्लामा आठ पुरुष र सात महिला गरी १५ जनाको मृत्यु भइसकेको छ । गत असार २ गते जिल्लामा पहिलो संक्रमण देखिएको थियो ।  संक्रमितमध्ये ४० प्रतिशत अर्थात् ५ सय २६ बनेपा नगरपालिकाका छन् । तीमध्ये ३ सय ४ पुरुष र २ सय २२ महिला छन् । हालसम्म २ सय ३४ पुरुष र १ सय ४९ महिला गरी कूल ३ सय ८३ जना सङ्क्रमणमुक्त भएको बनेपा नगरपालिकाले जनाएको छ ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये चार गाउँपालिका तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली कोरोनामुक्त भएका छन् । कूल संक्रमितमध्ये ६२ प्रतिशत पुरुष छन्। हाल सक्रिय सङ्क्रमितमध्ये ९३ अस्पतालको आइसोलेसन र ४ सय ४ होम आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…