Logo असार १, २०७८ मंगलबार


महिला सहकारीबाट दुई हजार खसीबोका बिक्री

दाङ । लमही नगरपालिकाबाट दुई हजार खसीबोका जिल्ला बाहिर बिक्री भएका छन् । बडादशैंलाई लक्षित गरि नगरपालिकामा रहेका चार सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध किसानले यस वर्ष मात्रै दुई हजारभन्दा बढी खसीबोका सहकारीमार्फत बिक्री गरेका हुन् ।

महिला सहकारीमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मात्रै आठ सय खसीबोका खरीद गरेको छ । थप दुई सय खसीबोका खरीद गरेर काठमाडौं पठाउने योजना छ ।

दाङबाट यस वर्ष एक हजार खसीबोका खरीद गरेर काठमाडाैं पठाउने योजनानुसार अहिलेसम्म आठ सय खसीबोका खरीद गरिएको खाद्य कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिनुभयो ।

शुरुमा छ सय खसीबोका खरीद गर्ने कार्यक्रम आए पनि पछि थप चार सय खसीबोका खरीद गर्ने जिम्मेवारी आएको कम्पनीले जनाएको छ ।

प्रतिकिलो जिउँदो खसी रु ५ सय ३० देखि रु ५ सय ५० मा कम्पनीले किन्ने गरेको छ । सहकारी संस्थाले किसानबाट प्रतिकिलो रु ५ सय ३० सम्ममा किन्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…