Logo फाल्गुन १५, २०७७ शनिबार


भर्चुअल तेक्वान्दोलाई पूर्वखेलाडीको साथ

काठमाडौं । आगामी कार्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख) मा आयोजना हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’ लाई पूर्व राष्ट्रिय खेलाडीहरुले सहयोग गरेका छन् ।

पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी, राष्ट्र राई, देउकाजी गुरुङ, रविनकुमार नाल्बो र प्रदीप व्यञ्जनकारले च्याम्पियनसिपलाई सहयोग गरेका हुन् ।

च्याम्पियनसिपको पपुलर खेलाडी विधाको पुरस्कारको प्रायोजन सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक  एवं एनआरएनए बेलायतकापूर्व उपाध्यक्ष राष्ट्र राईले गरेका छन् । । यस्तै उत्कृष्ट पुरुष खेलाडी पुरस्कारको प्रायोजन देउकाजी गुरुङ र उत्कृष्टमहिला खेलाडी पुरस्कारको प्रायोजन रविनकुमार नाल्बोले गरेका हुन्।

देउकाजी होराइजन तेक्वान्दो संघ हङकङका संस्थापक हुन्, भने नाल्बो एभरेष्ट तेक्वान्दो एकेडेमी हङकङका अध्यक्ष हुन् ।

अमेरिकाको पोर्टल्यान्डमा रहेका पूर्व राष्ट्रिय खेलाडी प्रदीप व्यञ्जनकारले पनि दुवै विधामा सहयोग गर्ने प्रतिवद्धता जनाएको च्याम्पियनसिप संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना हुन लागेको हो ।
च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्ष भन्दा माथिका उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको छ । हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको छ ।

प्रतियोगितामा सहभागी हुनअक्टोबर ३१ तारिखसम्म रजिस्ट्रेसन गरिसक्नु पर्ने समय सीमा तोकिएको छ । यसैगरी, नोभेम्बर ५ र ६ तारिख भित्र दुई मिनेटको भिडियो पठाइसक्नु पर्नेछ । प्राप्त भिडियोहको मूल्यांकन नोभेम्बर ७ र ८ तारिखमा हुने र त्यसपछि नतिजा प्रकाशन गरिने प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘एउटा लडाईँ जित्यौं, सिङ्गो लडाईँ जित्न बाँकी छ । एउटा लडाईँ जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राज्य सञ्चालनका लागि सवाल युवा, प्रौढ वा वृद्धको नभएर ज्ञानको हुने बताउनुभएकाे…

लेखकद्वयकाे पुस्तककाे चर्चा गर्दै अध्यक्ष दाहालले ज्ञान सबैभन्दा ठूलाे कुरा भएकाे विचार व्यक्त गर्नुभयाे ।

नेता नेम्बाङले कानूनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताउनुभयो ।

पछिल्लो २४ घन्टामा ४८ जना संक्रमित निको भएका छन्।

जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उहाँको भनाइ छ ।