‘याक्थुङ्मा कान्छी’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । सर्वाधिक लोकप्रीय ‘के माया लाग्छ’ र ? ‘तीनपाते ‘(देखेर तिमीलाई) गीतको सफलता पछि आर्ट्माण्डुले विजया दशमीको अवसर पारेर ‘याक्थुङ्मा कान्छी’ बोलको गीत सार्वजनिक गरेको छ।
बुधबार सार्वजनिक भएको उक्त गीतमा स्वर अंकित बाबु अधिकारी र सुनिता थेगिमको रहेको छ। गीतको रचना नवीन चौहानले गरेका हुन् भने संगीत अंकित बाबुकै रहेको छ।
‘याक्थुङ्मा कान्छी’ अर्थात ‘लिम्बु कान्छी’, गीतले नेपालको जातीय तथा सांस्कृतिक अन्तरघुलनको कथा बोलेको छ। गीतको शब्दले भने जसरी यो एउटा लिम्बु युवती र ब्राह्मण युवकको रमाइलो प्रेम संवाद हो।
एकातर्फ ब्राह्मण युवाले लगातार आफ्नो प्रेम झल्काउने गरि लिम्बु युवतीको चिम्सो आँखाको बल्छीमा परि लिम्बु संस्कृतिलाई पुर्ण रुपमा आत्मसात गरेको प्रसङ्ग छ भने अर्को तर्फ लिम्बु युवतीले प्रेम भावानामै अनेक तर्क गर्दै ब्राह्मण युवासंग जिस्किरहेको प्रसङ्ग गीतमा पाउन सकिन्छ।
गीतमा लिम्बु र ब्राह्मण पात्र भएता पनि यो समग्रमा नेपाली समाजको जातीय तथा सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्ने गीत हो। गीतका रचनाकार नवीन चौहानले बताउनुभयो ।
आर्ट्माण्डुका अघिल्ला प्रस्तुतीहरुमा भिडियो निर्देशकका रुपमा देखिनुभएका चौहानको यो पहिलो रचना हो। त्यस्तै गीतका संगीतकार तथा गायक अंकित बाबु अधिकारीले गीतको शब्दले भने जस्तै संगीत रचनामा समेत अन्तरघुलनको आभास दिन खोजेको बताउनुभयो।
‘याक्थुङ्मा कान्छी’ गीतको संगीत संयोजन शार्दुल श्रेष्ठ र कुशल सिंहले आर्ट्माण्डुको स्टुडियोमा गरेका हुन्। गीतको अन्त्य तिर बाल गायकहरुलाई पनि प्रयोग गरिएको छ। बाल गायकहरुमा निशु शर्मा, सन्झना सोरी, आरोन श्रेष्ठ र अधिश्री कस्पाल छन्।
भिडियो निर्देशन विवेक रसाईलीकाे हाे भने भिडियोमा लोकप्रीय नायिका प्रिया लिम्बु र तीनपाते फ़ेम्ड मिलन खत्रीको जीवन्त अभिनय देख्न सकिन्छ। छायांकन उज्ज्वल जोशीले काे हाे भने सम्पादन टाकटुक छिरिंग भोटेले गर्नुभएको हो ।
भिडियाे