Logo बैशाख ६, २०७८ सोमबार


विहीवारदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीवारदेखि २० रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ ।

साविकको आकार, रंग र बाह्रसिङ्गेको चित्र रहेको २० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याइएको बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालिन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको दस्तखत तथा तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं. २०७६ लेखिएको विभागले जनाएको छ ।

यस्तै पृष्ठ भागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्रबैंक लेखिएको, मध्य भागमा बाह्रसिङ्गे चित्र रहेको, तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज् ट्वान्टी लेखिएको र सिरिज नम्बर अंग्रेजीमा २०२० ए.डी लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।