Logo मंसिर १०, २०७७ बुधबार


ग्लोबल आइएमई बैंकको नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली (Virtually) उद्घाटन गर्नुभएको हो ।

यसका साथै बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ शाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको शाखाहरुको संख्या २ सय ६१ र एक्सटेन्सन काउण्टरको संख्या ४५ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २ सय ६१ शाखा सञ्जाल सहित २ सय ३७ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय २९ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…