Logo मंसिर ९, २०७७ मंगलबार


सेना र प्रहरीबीचको भिडन्तमा दश सुरक्षाकर्मीको मृत्यु

फाइल तस्बिर

पाकिस्तान । कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ । कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भिडन्त भएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् । सेनाका जवानहरुले सिन्धका प्रहरी अधिकृत मोहम्मद अफताब अन्बरलाई गिरफ्तार गर्नेक्रममा दुबै पक्षबीच भिडन्त भएको थियो ।

दोहोरो गोली हानाहानमा सेनाका पाँच जवानको मृत्यु भएको थियो । पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पिडिएम) को अग्रसरमा देशव्यापी विरोध प्रदर्शन भइरहेका सन्दर्भमा उक्त घटना भएको हो । पीडीएमले प्रधानमन्त्री इमरान खानको सरकारको बहिर्गमनको माग गर्दै देशव्यापी प्रदर्शन गरिरहेको छ । कराँचीमा आयोजित जुलुमा हजारौंले भाग लिएका थिए ।

जुलुसमा भाग लिएका पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता सफदर अवानलाई प्रहरीले पक्राउ गरेको छ । पिएमएल–एनका प्रवक्ता मरयाम नवाज र सिन्धका पूर्व गभर्नर मुहम्मद जुबेरले सिन्धका प्रहरी प्रमुख मुस्ताक मेहरलाई सेनाले अपहरण गरेको आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।