जुवा तास खेलिरहेको अवस्थामा ७६ हजार नगदसहित ६ जना पक्राउ

फाइल तस्बिर
सुर्खेत । जुवातास खेलिरहेको अवस्थामा ७६ हजार नगदसहित ६ जना पक्राउ परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–६ बसपार्कस्थित दैलेख ठाँटिकाध गाउँपालिका–३ घर भएका खगेन्द्र शाहीको न्यू दैलेखी रेस्टुरेन्टमा जुवातास खेलिरहेका ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ८ सय ८५ रुपैयाँ र २ गड्डी ताससहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कक्षले जानकारी दिएकाे छ ।