Logo बैशाख १, २०७८ बुधबार


वडादशैंको सातौं दिन, कालरात्रीको पूजा गरिँदै

काठमाडौं । आज दशैँको सातौ दिन घरघरमा फूलपाती भित्र्याई कालरात्रीको पूजा आरधना गरी मनाइदै छ । घर तथा मन्दिरमा स्थापना गरिएको नवदुर्गा भवानी तथा दशैँघरमा आज विधिपूर्वक फूलपाती भित्र्याउने गरिन्छ ।

घटस्थापनाको दिन विधि पूर्वक पूजा गरिएको दशैँघरमा आजको दिनलाई शुभसाइत मानेर उखु, केराको बोट, बेलपत्र तथा सुगन्धित फूल भित्र्याउने गरिन्छ ।

आजको दिन दिनभरी नै शुभसाइत मानिने भएकाले छुट्टै शुभसाइतको आवश्यक नपर्ने ज्योतिषीय मान्यता रहेको छ । काठमाडौंको हनुमान ढोकामा आज दिउँसो फूलपाती भित्र्याइदै छ ।

गोरखाबाट ल्याइने फूलपाती धादिङको जीवनपुरसम्म ६ जना मगर समुदायले ल्याउने र जीवनपुरदेखि ६ जना ब्राह्मण समुदायले काठमाडौंसम्म ल्याउने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…