नवलपुरकी सिडीओ सहित ६ जनामा काेराेना पुष्टि

खगेन्द्र पराजुली
नवलपुर । जिल्लाका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अधिकारी पंगेनीका छोरा, छोरी र भान्से सहित ४ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।
त्यस्तै, संक्रमितलाई उपचार गर्दै आईरहेको अस्पताल प्राकृति चिकित्सालयका ब्यवस्थापक र लेखापालमा समेत संक्रमण पुष्टि भएकाे जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयाे ।
सामान्य ज्वरो र मांशपेसी दुख्ने लक्षण देखिएपछि कार्तिक ३ गते स्वाव परीक्षण गरिएकाे थियाे ।