कस्तुरीको बिनासहित २ जना पक्राउ

काठमाडौं । प्रतिबन्धित कस्तुरीको बिनासहित दुई जना पक्राउ परेका छन् । दरबारमार्गस्थित सालिक चोकबाट बिहीबार दिउँसो दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका–८ चिसापानी घर भई काठमाडौं बौद्ध बस्ने ३९ वर्षीय पासाङ लामा र काठमाडौं डल्लु बस्ने ३६ वर्षीय राम कुमार लामा रहेका छन् । दरबारमार्ग क्षेत्रमा प्रतिबन्धित कस्तुरीको बिना अवैध रुपमा किनबेच गर्नको लागि लुकाई छिपाई ल्याएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट एक थान कस्तुरीको बिना र चार थान थान मोबाइल बरामद गरेको छ ।